१ मंसिर, पोखरा ।
मुक्तक मञ्च केन्दिय समितिको आयोजनामा ‘मुक्तक यात्रा’ को दोस्रो शृङ्खला सम्पन्न भएको छ ।
कास्कीको धम्पुस, पोथना हुदै अस्ट्रेलियन क्याम्पको ठुलाखर्कमा शनिवार ‘मुक्तक यात्रा’ कार्यक्रममा स्थानीय साहित्यकार र मुक्तक प्रेमीहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा मुक्तकारहरुले प्रकृतिलाई जोड दिदैँ तत् स्थानमा रचना गरी मुक्तक वाचन गरेका थिए ।
साहित्यप्रति युवा पुस्ताको आकर्षण बढाउने र साहित्यमा अझै रुचि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मुक्तक मञ्च केन्दिय समितिका अध्यक्ष रामजी प्रसाद आचार्यले बताउनु भयो । मुक्तकले सबैलाई प्रभावित बनाएको पनि बताउनु भयो । कार्यक्रमले साहित्य प्रेमीहरूको मन जित्नुका साथै स्थानीय स्तरमा साहित्यिक गतिविधिलाई प्रोत्साहन गरेको आयोजकले बताएका छन् ।
‘मुक्तक यात्रा’ को पहिलो शृङ्खला मर्दि ट्रेकमा भएको मुक्तक मञ्च केन्दिय समितिका महासचिव अम्बिका ओझाले जानकारि दिनुभयो ।