मुक्तक मञ्च ९ औँ अधिवेशनबाट अम्बिका अध्यक्षमा निर्वाचित साथमा मुक्तक यात्रा लोकार्पण - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad

 


Monday, January 13, 2025

मुक्तक मञ्च ९ औँ अधिवेशनबाट अम्बिका अध्यक्षमा निर्वाचित साथमा मुक्तक यात्रा लोकार्पण

पौष २७, पोखरा

मुक्तक मञ्च केन्द्रीय समिति पोखराको शनिवार ९ औँ अधिवेशन एवम् "मुक्तक यात्रा" पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । 


९ औँ अधिवेशनबाट अम्बिका भण्डारीको नेतृत्वमा नयाँ समिति चुनिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष अम्बिका ओझा, उपाध्यक्षद्वय किरण ढकाल र निर्मल पौडेल, महासचिव श्रद्धा आचार्य, सचिवद्वय विना बराल र राजन अधिकारी र कोषाध्यक्षमा करण कपुर खनाल छन् ।


सदस्यमा सन्देश पौडेल, सुस्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र ल्वागुन, सुन झाँकी 'सूर्य', विष्णुप्रसाद पौडेल र मनिषा लामिछाने छन् । कृष्ण उदासी संयोजक, दिलीप दोषी र विष्णु सुवेदी सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेका थियो ।


मुक्तक मञ्चले संस्थाका पुराना दस्तावेजलाई समेटेर समकालीन मुक्तककारहरुको सम्युक्त मुक्तक सङ्ग्रह "मुक्तक यात्रा" प्रकाशन गरेकोमा स्वागत योग्य काम भएको कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले बताउनु भयो । "मुक्तक यात्रा" समकालीन मुक्तककारहरूको दस्तावेज रहेको सम्पादक रामजीप्रसाद आचार्यले बताउनु भयो । 


 कार्यक्रममा कास्की जिल्ला भन्दा बाहिरका प्रतिनिधिहरूको घुइँचो थियो । 


No comments:

Post a Comment

Post Top Ad