Post Top Ad
Friday, January 31, 2025
Home
Unlabelled
पोखरामा भव्य रूपमा ‘मुक्तक दिवस’ विशेष कार्यक्रम सम्पन्न
पोखरामा भव्य रूपमा ‘मुक्तक दिवस’ विशेष कार्यक्रम सम्पन्न
पोखरामा भव्य रूपमा ‘मुक्तक दिवस’ विशेष कार्यक्रम सम्पन्न
पोखरा, माघ १८
नेपाली साहित्यको लोकप्रिय विधा मुक्तकको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि मुक्तक मञ्च केन्द्रीय समिति द्वारा आयोजित ‘मुक्तक दिवस’ विशेष कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, गायिका तथा कवि हरिदेवी कोइराला, समाजसेवी तथा पूर्व सिडिओ सुर्य प्रसाद भण्डारी रहनुभएको थियो । साथै, कवि लक्ष्मण थापा र मुक्तक मञ्चका निवर्तमान अध्यक्ष रामजी प्रसाद आचार्य समेतको गरिमामय उपस्थिति रहेको थियो ।
करिब चार दर्जन मुक्तककारहरू सहभागी भएको कार्यक्रममा वक्ताहरूले नेपाली मुक्तकको संरक्षण, प्रवर्द्धन र विकासमा थप योगदान आवश्यक रहेको धारणा राखे । मुक्तक मञ्चले आगामी दिनमा मुक्तक वाचन, अन्तरक्रिया, अध्ययन, अनुसन्धान तथा विविध साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यो ।
कार्यक्रमकी अध्यक्ष अम्बिका भण्डारी रहनुभएको थियो भने सञ्चालन महासचिव श्रद्धा आचार्यले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाकी वरिष्ठ उपाध्यक्ष अम्बिका ओझाले राख्नुभएको थियो ।
साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले नेपाली मुक्तक साहित्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
मुक्तक मञ्चका बारेमा... Muktak manch
वि. सं. २०६५ मा विधिवत् जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भई नेपाली मुक्तकको विकासका लागि ‘मुक्तकको उत्थानः हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ क्रियाशील मुक्तक मञ्च पोखराको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । हाल देशका विभिन्न जिल्ला तथा विदेशमा समेत मञ्चका शाखाहरू गठन भएका छन् । संस्थाले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रमका अलावा मुक्तकसम्बन्धी प्रकाशन, अन्तर्क्रिया, गोष्ठी आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । मञ्चले गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको लेकसाइडमा पुस्तकालयसमेत सञ्चालन गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment